पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए


 


काठमाडौं, जेठ २०
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ४ लाख ६७ हजार ४६७ जना संक्रमित निको भइसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका छन्।

देशभर एक लाख १ हजार ८३९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७५ जना संक्रमितको मृत्यु भएको छ। देभभर ८३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्