पछिल्लो २४ घण्टामा ४१८७ संक्रमित निको भए



काठमाडौं, असार १
पछिल्लो २४ घण्टामा देशभर ४ हजार १८७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ३ प्रतिशत रहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७४५ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ८ हजार ५०६ जना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News