नेपालसहितका १० एसियाली मुलुकमाथि फिलिपिन्सले लगाएको प्रतिबन्ध फुकुवा



फिलिपिन्स, भदौ २०
फिलिपिन्सले नेपालसहित १० एसियाली मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ। खोपका कारण संक्रमण भयाबह नभएको निश्कर्ष साथ सेप्टेम्बर ६ देखि फिलिपिन्सले १० एसियाली मुलुकलाई यात्रा खुला गर्ने निर्णय गरेको हो।

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामा अहिले कोभिड–१९ को यात्रा प्रतिबन्ध हटाउने अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस स्वीकृत गरेका छन्।

एसियाली यी सबै देशहरूबाट फिलिपिन्स आउने यात्रुहरूका लागि यात्रा प्रतिबन्ध हटाएको राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले जानकारी दिए। रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ।’

फिलिपिनी नागरिकका कूटनीतिज्ञ तथा विदेशी जीवनसाथी जस्ता विशेष भिषा वाहकबाहेकका प्रतिबन्धित अन्य विदेशी मुलुकका पर्यटकहरूलाई अझै पनि देशभित्र प्रवेश गर्न रोक लगाइएको छ। डेल्टा भेरिएन्टको स्थानीय सङ्क्रमण फिलिपिन्सका समुदायहरूमा फैलिएको छ।

फिलिपिन्सका एक हजार ७८९ व्यक्तिमा कोभिड–१९ को डेल्टा भेरिएन्ट सङ्क्रमण पुष्टि भएको छ। यीमध्ये ३३ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनले अझैपनि डेल्टा भेरिएन्टको समुदायमा रहेको सङ्क्रमणलाई पुष्टि गर्दै भनेको छ, ‘यो अहिले फिलिपिन्समा फैलिरहेको प्रमुख कोभिड–१९ को समस्या हो।’

फिलिपिन्सले नेपालसहितका १० एसियाली मुलुकमाथि अप्रिलदेखि प्रतिबन्ध लगाएको थियो। अहिले फिलिपिन्समा बढ्दो कोभिड–१९ सङ्क्रमणमध्ये डेल्टा भेरिएन्ट प्रमुख चुनौती देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News