भारतका चर्चित मिडियाहरुमा नेपाली युवती, तर परेनन् राष्ट्रपति मुखर्जी


 


काठमाडौं, कात्तिक १७

भारतीय राष्ट्रपति प्रणव मुर्खजी यति बेला नेपालको तीन दिने राजकीय भ्रमणमा छन् । उनको नेपाल भ्रमणको सामाचारलाई भने भारतीय चर्चित मिडियाहरुले खासै महत्तवका साथ प्रकाशन गरेका छैनन् ।

ठिक उनकै नेपाल भ्रमणको समयमा भारतीय मिडियाहरुमा एक जना नेपाली युवती भने चर्चाकी पात्र बनेकी छन् । तरकारी बोक्दै गरेकी एक जना सामान्य नेपाली युवतीको तस्बिर भने मुखर्जीकै नेपाल भ्रमणका बेला इन्टरनेटमा भाइरल बनेको छ ।

फोटोहरु सञ्चारमाध्यमबाट
फोटोहरु सञ्चारमाध्यमबाट

भारतीय पत्रिका हिन्दुस्थान टाइम्सले उक्त तस्बिरलाई समाचार बनाएर प्रकाशन गरेको छ । तरकारी वोक्दै गरेकी ती सुन्दरी युवतीको रुपको प्रशंसा समेत धेरैले गर्ने गरेका छन् ।

tarkari-bechadaiफोटो ग्राफर रुपचन्द्र महर्जनद्धारा लिइएका ती फोटोहरु कुनै त्यस्तो खास ठाउँबाट पनि लिइएका थिएनन् । उनका भाइरल बनेका दुईओटा फोटोहरु मध्ये एउटा सामान्य बजारमा तरकारी बेच्दै बसेकी देखिएकी छन् भने अर्कोमा गोरखा र चितवनवीचको झोलुङ्गे पुलमा तरकारी बोकेर हिड्दै गरेकी देखिएकी छिन् ।

उनका ति तस्बिरले  नै भारतका चर्चित मिडियाहरुमा पनि स्थान पाएको छन् । तर यति बेला नेपालको राजकीय भ्रमण गरिरहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सामाचारलाई भने भारतीय मिडियाहरुले खासै महत्तव दिएका छैनन् ।

उनको नेपाल भ्रमणलाई भारतका कुनै पनि चर्चित मिडियाहरुले प्राथमिकताका साथ सम्प्रषण गरेका छैनन् । राष्ट्रपतिको नेपाल भ्रमणलाई भारतका केही मिडियाहरुले मात्रै प्रशारण गरेका छन् । त्यो पनि उनको व्यक्तिगत भेट भनेर ।

नेपाली युवतीको सामाचारलाई त्यति महत्वका साथ प्रकाशन गर्ने हिन्दुस्तान टाइम्सले मुखर्जीको नेपाल भ्रमणलाई केवल आफ्नो अनलाइ पोर्टलद्धारा पोष्ट गर्दै भनिएको छ, ‘‘प्रणव मुखर्जीको नेपाल यात्रा व्यक्तिगत चाहना, राजनीतिक उद्देश्य पूर्ती’’ त्यो पनि प्रशान्त झाले लेखेको आलेख हो ।

mukharji-in-indian-media

प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्