प्रजातन्त्र दिवसको अवसरमा टेलिकमको कल निःशुल्क


 


काठमाडौं, फागुन ७
आज ७२ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) कल निःशुल्क प्रदान गरेको छ ।

साथै एमपोस (MpoS) बाट गरिने रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । यो अफर आज एक दिनका लागि उपलब्ध रहेको नेपाल टेलिकमका सह प्रवक्ता रंजित लोहियाले जानकारी दिए ।

नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी (VoLTE) सेवामा आज कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क उपलब्ध हुनेछ ।

साथै, आज एमपोसबाट गरिने रु. २०० देखि रु. ४९९ सम्मको रिचार्जमा ५१२ एमबी डाटा र रु. ५०० वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा वोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।

प्रकाशित मिति: ७ फाल्गुन २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्