चियावाला अरसद खानको जस्तै प्रस्ताव आए स्वीकार्छु : तरकारीवाली



tarkariwali1111

काठमाडौं, कात्तिक १८

तरकारीवालीका नामले सामाजिक सञ्जालमा प्रसिद्ध बनेकी गोरखाकी कुसुम श्रेष्ठले मोडलिङको प्रस्ताव आएमा आफुले मोडलिङ गर्ने बताएकी छन् ।

उनलाई पाकिस्तानका चिया बेच्ने अरसद खानको उदाहरण दिँदै एउटा अनलाइनले सोधेकोे ‘चलचित्र खेल्ने वा मोडलिङ गर्ने प्रस्ताव आएमा के गर्ने’ भन्ने प्रश्नमा उनले त्यस्तो प्रस्ताव आएमा आफुले स्वीकार्ने बताएकी छन् ।

उनले सामाजिक सञ्जालमा आफु लोकप्रिय भएकोमा आफुलाई रमाइलो लागिरहेको बताएकी छन् ।

उनका भाइरल बनेका फोटोहरु खिचेको थाहा थियो कि थिएन ? भन्ने प्रश्नमा उनले आफुसँगै पढ्ने साथीले म्यासेन्जरमा पठाइदिए पछि मात्रै आफुलाई थाहा भएको बताएकी छन् ।

बुवा चन्द्र नारायण श्रेष्ठ र आमा ज्ञानु श्रेष्ठकी एक्ली छोरी कुशुम चितवनमा कक्षा ११ मा पढ्छिन् । उनका आमा बुवाले तरकारीको व्यापार गर्छन् र उनले घर आएका बेला आमा बुवालाई सघाउने क्रममा ती फोटो खिचेको र अब देखि फोटो खिच्न नदिने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News