भारतमा इन्धनको मूल्य बढ्याे, के नेपालमा पनि बढ्छ ?
काठमाडौं, चैत्र ११
भारतमा पछिल्लो दुई दिन ८० पैसाले बढेको पेट्रोल र डिजेलको मूल्य शुक्रवार पनि बढेको छ । भारतीय बजारमा शुक्रवार बिहान ६ बजेदेखि ८० पैसा मूल्यवृद्धि भएको हो ।
सार्वजनिक क्षेत्रको पेट्रोलियम विपणन कम्पनीले जारी गरेको सूचना अनुसार, भारतको राजधानी दिल्लीमा शुक्रवार पेट्रोलको मूल्य प्रतिलिटर ९७.०१ भारुबाट बढेर ९७.८१ भारु पुगेको छ ।
यस्तै डिजेलको मूल्य प्रति लिटर ८८.२७ भारुबाट बढेर ८९.०७ भारु पुगेको छ । पछिल्लो समय पेट्रोल र डिजेलको मूल्य निरन्तर बढिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको असर नेपालमा पनि परिरहेको छ । नेपालमा पनि नेपाल आयल निगमले मूल्य बढाउन सक्ने अनुमान गरेकाे छ ।