हट्नु पर्ने थियो अर्थमन्त्री, तर गभर्नरलाई निलम्बन गरेपछि…


 


काठमाडौं, चैत २६
सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ। अधिकारीलाई निलम्बन गरेपछि कार्यबाहक गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ।

गभर्नर हटाएपछि सरकारको चौतर्फी आलोचना भइरहेको छ । खासगरी अर्थमन्त्री जनार्दन शर्माको तिब्र आलोचना भइरहेको छ ।

अर्थतन्त्रको समेत नजानेको अर्थमन्त्रीले देशको आर्थिक अवस्था कमजोर बनाएको आरोप लागेको छ । अनेक सेटिङ र नीतिगत भ्रष्टचार गर्दै अर्थतन्त्र ध्वस्त बनाउन लागेको भन्दै अर्थमन्त्री शर्मालाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई चौतर्फी दबाब परिरहेका बेला गभर्नरलाई निलम्बलन गरेर अर्थमन्त्री चोखिन खोजेको स्वयः अर्थविदहरुले बताइरहेका छन् ।

पछिल्लो समय अर्थतन्त्र संकटमा पर्दै गएपछि गभर्नर अधिकारी र अर्थमन्त्री जनार्दन शर्माबीच तिक्तता बढेको थियो।

शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा अर्थमन्त्री शर्मा र अधिकारीबीच अर्थतन्त्रमा देखिएको संकटबारे दोहोरी नै चलेको थियो।

मन्त्री शर्माले अर्थतन्त्रमा चर्चा भए जस्तो संकट नरहेको बताउँदा अधिकारीले श्रीलंकाको बाटोमा गइसकेको टिप्पणी गर्नुभएको थियो ।

त्यसैगरी अमेरिकाबाट आएको भनिएको ४० करोड रूपैयाँलाई लिएर राष्ट्र बैंककै अधिकारीहरुले कमिसन बार्गेनिङ गरेको आरोप पनि शर्माले लगाएका थिए ।

शर्मामाथि सरकारले विलासी वस्तु आयात रोक्न अर्थमार्फत दिएको निर्देशन कार्यान्वयनमा भूमिका नखेलेको तथा उक्त सूचना पहिले नै चुहाएको अर्को आरोप पनि थियो।

प्रकाशित मिति: २६ चैत्र २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्