रुस्लान एफएम पुनः सञ्चालनमा



काठमाडौं, जेठ १३
केही समय देखि कोभिडको कारणले सञ्चालन रोकिएको रुस्लान एफएम ९५.२ मेगाहर्ज पुनः सञ्चालनमा आएको छ । गीतलाई मात्र प्राथमिकता दिने रुस्लान एफएम फेरी श्रोतामाझ फर्किएको हो ।

सर्वाधिक रुचाईएको नयाँ तथा पुराना सङ्गीतकर्मीहरूको रचना नेपाली श्रोतामाझ पु¥याई रहेको रुस्लान एफएम ९५.२ मेगाहजले नेपाली सङ्गीतकर्मीहरूलाई विशेष ठाउँ प्रदान गरी आइरहेको छ । नेपाली गितका साथसाथै रुस्लान एफएममा लोकप्रिय हिन्दी तथा अंग्रेजी गितहरु पनि सुन्न सकिने छ ।

“पहिला भन्दा भव्य तरिकाले संचालन हुने र हाम्रा श्रोताहरूको मनमा फेरी बस्ने सोच सहित कोभिड पश्चात् नयाँ र बेग्लै सोचले हामी अघि बढिरहेका छौं”, रुस्लान एफएमका प्रमुख मार्केटिङ अधिकृत, बैभव शर्माले भन्नुभयो ।

बिहान ६ बजे बाट राति १२ बजे सम्म सञ्चालन हुने रुस्लान एफएममा बिहान ६ देखि ८ बजे सम्म “Work Out Beats”, बिहान ८ देखि ११ बजे सम्म “Rush Hour Beats”, बिहान ११ देखि दिउँसो ४ बजे सम्म “Chill Beats”, दिउँसो ४ देखि बेलुकी ७ बजे सम्म “In-Trend” र बेलुकी ७ देखि राती १२ बजे सम्म “Vibrant Beats” गरी ५ फरक विधाका कार्यक्रमहरुमा विभिन्न सङ्गीत सुन्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News