१७ खर्ब ९३ अर्बको बजेट, (हेर्नुहोस् पूर्णपाठ)


 


काठमाडौं, जेठ १५
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
यो बजेट गत वर्षको भन्दा १ खर्ब ६१ अर्ब रुपैयाँले बढी हो ।

गत वर्ष सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।
कुल विनियोजनमध्ये चालु खर्च तर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात ४२ प्रतिशत बजेट विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।

त्यसैगरी, पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात २१।२ प्रतिशत विनियोजन गरेको उनले बताए ।

वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात १२।८ प्रतिशत विनियोजन भएको छ ।

त्यसैगरी, प्रदेश तथा स्थानीय तहका लागि वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात २४ प्रतिशत रहेको शर्माले बताए ।

आगामी आर्थिक वर्षको लागि खर्च व्यहोर्ने स्रोततर्फ राजश्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र बैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुने अर्थमन्त्री शर्माले बताए ।

उक्त न्यून हुने रकममध्ये वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइने र राजश्व परिचालन, वैदेशिक अनुदान र ऋण परिचालन गर्दा नपुग हुने २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट बेहोर्ने अर्थमन्त्री शर्माले बताएका छन् ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्