ह्वात्तै बढ्याे पेट्रोलियम पदार्थको मूल्य


 


काठमाडौं, असार ५
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि पनि बढाएको छ । पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरिएको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ ।

यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९ रुपैयाँ वृद्धि गर्दा प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ भने बाह्यतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ र नयाँ मूल्य प्रतिकिलोलिटर एक हजार ६४५ अमेरिकी डलर कायम गरिएको छ ।

बढेको मूल्य आइतबार राति १२ बजेदेखि नै लागू भएको छ ।

पछिल्लो १५ दिनमा मात्र निगमलाई करिब ४ अर्ब ८१ करोड रुपैयाँ घाटा भएको जनाइएको छ । असार २ गते इन्डियन आयल कर्पोरेसनले तेलको बढेको मूल्य पठाएको थियो ।

प्रकाशित मिति: ६ असार २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्