देशभरका स्थानीय तहले आज बजेट ल्याउँदै



काठमाडौं, असार १०
देशभरका स्थानीय सरकारले आज बजेट ल्याउँदैछन् ।

स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ । सोही अनुरुप स्थानीय तहले आज २०७९/०८० को नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेका हुन् ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले शुक्रबार बजेट ल्याउन लागेका हुन् । बाजुराको बूढीगंगा नागरपालिकाबाहेक सबै (७५२) स्थानीय तहले शुक्रबार बजेट ल्याउने छन् । बाजुराको बूढीगंगामा निर्वाचन हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News