५४ अर्ब वैदेशिक लगानी प्रतिबद्धता



काठमाडाैँ, साउन १६
सरकारले नीतिगत रूपमा सहजीकरण गरेपछि प्रत्यक्ष वैदेशिक लगानी वृद्धि भएको छ। विदेशी लगानी आकर्षित गर्ने सरकारको नीति अनुसार एक वर्षको अवधिमा करिब सवा ५४ अर्ब रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ।

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७८/७९ मा अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब ८ करोड रुपैयाँ लगानी प्रतिबद्धता वृद्धि भएको छ। आव २०७७/७८ मा ३२ अर्ब ७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएकोमा गत आव २०७४/७९मा बढेर ५४ अर्ब १५ करोड रुपैयाँ प्रतिबद्धता आएको विभागले जनाएको छ।

विदेशी लगानीकर्ताले सेवा क्षेत्र, पर्यटन, सूचना प्रविधि, कृषि तथा वनमा आधारित उद्योग, म्यानुफ्याक्चरिङ लगायतका क्षेत्रमा स्वीकृति लिएका छन्। विदेशीले सानादेखि ठूला उद्योगमा लगानी गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनी दर्ता गरेर उद्योग विभागबाट अनुमति लिएका हुन् । पछिल्ला वर्ष अन्य देशको तुलनामा चीनको लगानी प्रतिबद्धता बढेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News