Deshko News
९ आश्विन २०८०, मंगलबार

छोरीको विवाहमा जीवन बीमा उपहार !



काठमाडौं, माघ ९
धरान –१५, सुनसरी निवासी कमला राईले आफ्नो जेठी छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिनुभएको छ । यही माघ ६ गते भएको विवाहमा कमला राईले आफ्नो छोरी रुबिना राई र ज्वाइँ सञ्जित लिम्बुलाई वैवाहिक जीवनको शुभकामना प्रदान गर्दै प्रभु लाइफ इन्स्योरेन्सको उक्त जीवन बीमा योजना उपहार दिनुभएको हो ।

आफ्नो छोरीको विवाहका अवसरमा सुनिश्चित र निर्धक्क जीवनयापनार्थ उक्त उपहार दिएको कमला राईले बताउनु भयो । जीवन बीमा योजना उपहार दिँदा यसले विशेष महत्व राख्ने र नयाँ संस्कारको सुरुवात हुने विश्वास व्यक्त गर्नुभयो ।

कमला राई प्रभु लाइफ इन्स्योरेन्सको धरान शाखा अन्तर्गत बीमा अभिकर्ता वरिष्ठ एजेन्सी म्यानेजर हुनुहुन्छ । समाज परिवर्तन आफैबाट हुनुपर्छ, उहाँले जीवन बीमा पोलिसी हस्तान्तरण गर्दै भन्नुभयो ।

वैवाहिक कार्यक्रममा स्थानीय, आफन्त, पाहुनाका साथै प्रभु लाइफ इन्स्योरेन्सका तर्फबाट प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राई एवं अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

जीवन बीमा उपहार प्रदान गर्नुभएकोमा प्रदेश प्रमुख पुष्कर भट्टराईले बधाई तथा नयाँ संस्कारको सुरुवात गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । धरान शाखा प्रमुख सन्तोष राईले जीवन बीमा गर्नलाई धेरै ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने हुन्न, भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिने बताउनुभयो ।

प्रकाशित मिति: ९ माघ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News