जन्मदिनको अवसरमा प्रभु लाइफको जीवन बीमा पोलिसि उपहार



काठमाडौं, फागुन २३
अनावश्यक खर्चहरुलाई घटाइ विभिन्न उत्सवहरुमा बीमा पोलिसि उपहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।

यसैक्रममा ललितपुर धापाखेल निवासी श्री सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसर पारेर रु. २५ लाखको समृद्ध जीवन बीमा पोलीसी उपहार स्वरुप दिएका हुन् । उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।

प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमति प्रदेश प्रमुख श्री मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझि प्रभु लाइफलाई विश्वास गरी पोलिसि लिनुभएकोमा मगर दम्पतिलाई बधाई एवम् धन्यवाद ज्ञापन गर्नुभयो ।

पाटन शाखाका एजेन्सी म्यानेजर विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा MDRT श्याम चौलागाई, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारी सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News