बजारमा आरजु चामल !



काठमाडौं । नेपाली बजारमा जिरा मसिनो र लङग्रेनमा आरजु चामल आएको छ । नेपालकै ४ हजार बिगाहा जमिनमा धान उत्पादन गरेर आरजु राईस मिलमार्फत आरजु चामल बजारमा आएको हो ।

आरजु राइस मिलले ‘आरजु’ ब्राण्डको चामल बिक्री सुरु गरेको हो । बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतको आरजु चामलमा लागनी रहेको छ ।
विराटनगरका किसानसँग मिलेर बस्नेतले सयौँ बिगाहा जमिनमा ‘रामधान’ खेती सुरु गरेका थिए । सोही धानबाट उत्पादन गरिएको जिरा मसिनो र लङग्रेन चामलको बिक्री सुरु भएको बस्नेतले जानकारी दिए ।

आरजु मिलले झापा, मोरङ र सुनसरीका किसानलाई मल र बीउहरु दिएर धान खेती गराउन सुरु गरेको छ । आरजु राइस मिलले चैते धान प्रति क्वीन्टल ९ सय र असारे धानलाई १२ सय रूपैयाँमा किसानसँग खरिद गर्छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News