१७ नेपाली महिलाकाे उद्दार



kubetकाठमाडौं, मंसिर २

बैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेर बिभिन्न समास्यामा परेका १७ जना घरेलु महिला कामदारलाई नेपाली दूताबास कुबेतको पहलमा उद्दार गरि नेपाल फर्काईएको छ ।

आफू कार्यरत घर छाडी नेपाली दूताबासको सम्पर्कमा आएका मध्ये १७ जना पिडित घरेलु कामदारलाई आबश्यक प्रक्रिया पुरा गरी बुधबार नेपाल फर्काईएको दुर्तीय सचिब भोगेन्द्र लिन्देंनले जानकारी गराएका छन् ।

राहदानी नभएका पिडितहरुलाई ट्राभल डकुमेन्ट बनाईदिनुको साथै दुताबासको पहलमा डिपोर्टेसन विभागका अधिकारीहरुले सम्बन्धित स्पोन्सरबाट टिकटको ब्यबस्था गरिदिएको थियो ।

प्रक्रिया पुरा गरि १८ जनाको कुबेतको नेपाली दुताबासले घर फिर्तीको लागि पहल गरे मध्येकी लामो समय कुबेतको अस्पतालमा उपचार्थ सिन्धुपाल्चोककी अनिशा बिकको स्वास्थ्यलाई ध्यानमा राख्दै निजको निगरानी राख्ने ब्यक्ति नभएको भन्दै फ्लाई दुबईले फिर्ता गरेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News