Deshko News
८ आश्विन २०८०, सोमबार

इङ्ल्यान्ड र स्कटल्याण्ड कारवाहीमा पर्ने खतरा



fifaaaaaaaaaaaaकाठमाडौं, मंसिर ३

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले इङ्ल्यान्ड र स्कटल्याण्डमाथि अनुशासनको छानबिन सुरु गरेको छ । यी दुई राष्ट्रले विश्वकप फुटबल छनोट खेलका क्रममा आचारविपरित काम गरेको फिफाको आरोप छ ।

यही नोभेम्बर १२ मा इङ्ल्यान्डको वेम्बलेमा भएको विश्वकप छनोट खेलमा दुबै टोलीका खेलाडीले पपी अर्थात अफिमको फुल वा पात अंकित आर्मब्याण्ड लगाएका थिए ।

फिफाले यस्ता प्रकारका कुनै पनि लोगो अंकित पहिरन लगाउन रोक लगाएको थियो । फिफाको आचारसंहितामा कुनै पनि राजनीतिक, धार्मिक वा ब्यक्तिगत नारा, विचार वा चित्र लगाउन बन्देज लगाइएको छ ।

इङ्ल्यान्ड र स्कटल्याण्डका खेलाडीले खेलका क्रममा हातमा बाँधेको पट्टीमा पपीको चित्र अंकित थियो । उक्त पपीलाई इङ्ल्यान्डमा युद्धमा मारिएकाहरुको सम्झनाको प्रतिकको रुपमा लिईन्छ । तर फिफाले भने युद्धसँग सम्बन्धीत जुनसुकै चित्र, लोगो वा नारालाई राजनीतिक रुपमा अथ्र्याउँदै आएको छ ।

फिफाले सुरु गरेको अनुशाशनको छानविनमा दोषी ठहरिएमा इङ्ल्यान्ड र स्कटल्याण्डमाथि कारवाही हुनेछ ।

फिफाले यी दुई टोलीलाई विश्वकप छनोट समुहमा अंक घटाउनेसम्मको कारवाही गर्न सक्छ । तर जानकारहरु भने फिफाले पहिलो चरणमा चेतावनी मात्रै दिने अथवा आर्थिक जरिवाना गराउने सम्भावना अधिक रहेको बताउँछन् ।

प्रकाशित मिति: ३ मंसिर २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News