म्यान्चेस्टर सिटी विजयी



englishकाठमाडौं, मंसिर ५

इंग्लिश प्रिमियर लिग फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले गएराती क्रिष्टल प्यालेसलाई २-१ ले हरायो । खेलमा म्यान सिटीलाई विजयी गराउन दुबै गोल याया टुरेले गरे । यो सिजन सिटीका लागि पहिलो खेल खेलेका टुरेले दुई गोल गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा टोटनह्याम हट्सपरले वेष्ट ह्याम युनाईटेडलाई ३-२ ले हराएको छ । टोटनह्यामको जितमा ह्यारी केनको दुई तथा ह्यारी विङ्क्सको एक गोल गरे । वेष्ट ह्यामका लागि मिचेल एन्टोनियो र म्यानुअल लान्जिनीले एक–एक गोल फर्काए ।

प्रिमियर लिग अन्तर्गतकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेड र आर्सनलले १-१ गोलको बराबरी खेलेका छन् । खेलमा म्यान्चेस्टर युनाईटेडका हुँवा माटाले पहिलो गोल गरेपनि आर्सनलमा ओलिभर जिरुले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

उता लिभरपुल र साउथह्याम्पटनले पनि गोलरहित बराबरी खेलेका छन् ।

गएराती भएका अन्य खेलहरुमा सण्डरल्याण्डले हल सिटीलाई ३-० ले हराँउदा वाट्फोर्डले लेष्टर सिटीलाई २-१ ले हराएको छ ।

बर्नमाउथले स्टोक सिटीलाई १-० ले हराँउदा एभर्टन र स्वान्सी सिटीले १-१ गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News