चेल्सी शिर्ष स्थानमा



chelsiकाठमाडौं, मंसिर ६

मिडिल्सब्रोलाई हराउँदै चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शिर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राती मिडिल्सब्रोको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी १-० ले विजयी भयो ।

खेलमा चेल्सीलाई विजयी गराउन ४१ औं मिनेटमा डिएगो कोष्टाले गरेको गोल निर्णायक बन्यो । यो जितपछि चेल्सीले अंक तालिकामा शिर्ष स्थानको लिरभपुललाई उछिनेको छ ।

१२ खेलबाट उसको २८ अंक भएको छ । समान खेलबाट २७ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।

समान २७ अंक भएपनि गोल अन्तरको आधारमा म्यान्चेस्टर सिटी तेस्रो स्थानमा धकेलिएको छ ।

चौथो स्थानको आर्सनलको २५ अंक छ भने २४ अंकको साथ टोटनह्याम हट्सपर पाँचौ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News