रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुग्यो



madridकाठमाडौं, मंसिर ८

साबिक विजेता रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ ।

मंगलबार राति भएको खेलमा स्पोर्टिङ लिस्बोनलाई २–१ ले हराएर समूह एफमा रहेको रियल मड्रिडले नकआउट चरणमा स्थान बनाएको हो ।
रियल मड्रिडको जितमा राफाएल वाराने र करिम बेन्जिमाले गोल गरे । जुआओ पेरेरा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको लिस्बोनका लागि एड्रिएन सिल्भाले एक गोल फर्काए ।

लिस्बोलको मैदानमा भएको खेलमा २९ औं मिनेटमा वारानेले गोल गर्दै पहिलो हाफमा रियललाई १–० को अग्रता दिलाए ।

६४ औं मिनेटमा पेरेरा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिस्बोन १० खेलाडीमा सीमित भयो । तर ८० औं मिनेटमा पाएको पेनाल्टी अवसरमा लिस्बोनका सिल्भाले बराबरी गोल फर्काए ।

तर ८७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई जित दिलाए । जितसँगै रियल मड्रिड लगातार २० औं पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको हो । रियल मड्रिडको पाँच खेलबाट ११ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News