माउरिन्होले जान्टन इब्राहिमोभिचको सम्झौता एक वर्ष थप गर्ने



manchesterकाठमाडौं, मंसिर ९

म्यानचेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले जान्टन इब्राहिमोभिचको सम्झौता एक वर्ष थप गर्ने बताएका छन् ।

३५ वर्षे पूर्व स्वीडिस फुटबल यो सिजन पेरिस सेन्ट जर्मेनबाट ओल्ड ट्रार्फड गएका हुन् । उनले यो सिजन सबै प्रतियोगितामा गरेर १७ खेलमा ८ गोल गरेका छन् ।

स्वीडेनका लागि ११६ खेलमा ६२ गोल गरेका उनले जुनमा अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

अयाक्स, युभेन्टस, इन्टरमिलान, बार्सिलोना र एसीमिलानका पूर्व फवार्ड इब्राहिमोभिचले २००१ देखि हरेक सिजन उपाधि जितेका छन्, जसमा १३ लिग उपाधि समेत छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News