फिफा बरियतामा नेपाल ५ स्थान माथि उक्लियो


 


nepali-football-teamकाठमाडाैं, मंसिर ९

विश्व फुटबल महासंघ फिफाले बिहीबार जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा रहेको छ । यसअघि नेपाल १८६औं स्थानमा थियो ।

फिफाको नयाँ वरियता अनुसार दक्षिण एसियाली राष्ट्रमा भारत सबैभन्दा माथि १३७औं स्थानमा छ । यस्तै अफगानिस्तान २ स्थान तल झर्दै १ सय ४७ औं स्थानमा छ ।

त्यस्तै ४ स्थान माथि उक्लिएको माल्दिभ्स १ सय ५४ औं, ३ स्थान माथि उक्लिएको भुटान १ सय ७६ औं, नेपालभन्दा पछि बंगलादेश १ सय ८३ औं स्थानमा छ। यस्तै श्रीलंका १ सय ९५ औं र पाकिस्तान १ सय ९६औं स्थानमा छन् ।

फिफा वरियताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै छ । १ स्थान माथि उक्लदै ब्राजिल दोस्रो स्थानमा छ। १ स्थान तल झरेको जर्मनी तेस्रो स्थानमा रहँदा दुई स्थान माथि उक्लिएको चिली चौथो र एक स्थान तल झरेको बेल्जियम पाँचौ स्थान छ ।

यस्तै कोलम्बिया छैठौ स्थानमा छ। सातौदेखि १० स्थानसम्म क्रमशः फ्रान्स, पोर्चुगल, उरूग्वे, स्पेन छन्। एसियाली राष्ट्रमा सबैभन्दा माथि इरान ३०औं स्थानमा छ।

प्रकाशित मिति: ९ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्