सुरुङ्गा गोल्डकपको उपाधि एपीएफलाई


 


jhapa-gold-cupझापा, मंसिर ११

विमल घर्ती मगर टाइब्रेकरमा चुक्दा सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफले हात पारेको छ ।उसले रुपन्देही–११ लाई ५–३ गोल अन्तरले हरायो । योसँगै एपीएफले ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ पाएको छ भने रुपन्देहीले २ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ ।

निर्धारित समयको खेल १–१को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । रुपन्देहीका विजय धिमाल, विक्रम लामा र रजिन धिमालले गरेको प्रहार गोलमा परिणत भएको थियो भने विमल चुकेका थिए ।

एपीएफका लागि अञ्जन विष्ट, नविन लामा, आदित्य चौधरी, मिलन राई र सन्तोष कटवालले गोल गरेका थिए । यसअघि दोस्रो हाफको ६४ औं मिनेटमा एपीएफका राजेन्द्र रावलले पहिलो गोल गरे ।

आदित्य चौधरीको फ्रि–किकलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । दोस्रो हाफको ७९ औं मिनेटमा रुपन्देहीका विमल घर्ती मगरले गोल गरेका थिए ।

प्रकाशित मिति: ११ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्