Deshko News
१८ आश्विन २०८०, बिहिबार

लघुवित्तको संख्या घटाउन राष्ट्र बैंकको जोड



काठमाडौं, साउन ७ । नेपाल राष्ट्र बैंकले लघुवित्तको संख्या घटाउन जोड दिएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने व्यवस्था गरेको हो ।

त्यस्तै, लघुवित्त वित्तीय संस्थाको समस्या र सुझाव सम्बन्धमा गठित अध्ययन समितिले तयार पारेको अध्ययन प्रतिवेदनका सुझावहरुलाई क्रमशः कार्यान्वयन गर्दै लगिने समेत मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News