Deshko News
१८ आश्विन २०८०, बिहिबार

लघुवित्त पीडितले घेरे सिंहदरबार



काठमाडौं, साउन ७ । लघुवित्तीय संस्थाद्वारा पीडितहरुले आज (आइतबार) सिंहदरबार घेराउन गरेका छन् । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राख्दै विरोध जुलुससहित सिंहदरबार घेराउ गरेको हो ।

उनीहरूले नव सामन्तीको रूपमा स्थापित लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाहा गर्न, गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर्न तथा समाजवादी अर्थतन्त्रको विकास गर्न माग गरेका छन् ।

माइतीघर मण्डलाबाट जुलुस सहित थापाथली, त्रिपुरेश्वर, सुन्धारा, जमल, घण्टाघर हुँदै भद्रकाली पुगी कोणसभा गरेका थिए।

प्रकाशित मिति: ७ श्रावण २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News