अब बिरामीको उपचारको भिडियो मञ्जुरीबिना समाजिक सञ्जालमा राख्न नपाइने


 


काठमाडौं, साउन १२ । बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ अनुमति बिना सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ ।

नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले कुनै पेसागत विवरण राख्नुपर्ने भए काउन्सिलमा दर्ता भएको प्रमाणपत्रमा उल्लिखित विवरण मात्र राख्न पाइने जनाएको छ ।

नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ मा चिकित्सकका लागि समाजिक सञ्जाल तथा विद्युतीय सञ्चारमाध्यम उपयोगबारे व्यवस्था गरिएको छ।

सो नियमावली विपरित भएमा प्रकृति हेरी मेडिकल काउन्सिल, नेपाल प्रहरी साइबर ब्यूरो, केन्द्रीय अनुसन्धान ब्यूरोलगायत निकायबाट कारबाही हुनसक्ने उनले बताए।

प्रकाशित मिति: १२ श्रावण २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्