काठमाडौंमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना हुँदै


 


काठमाडौं, साउन १८ । नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले आगामी भदौमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्ने भएको छ ।

विज्ञान क्षेत्रमा लगाव राख्ने नेपाली युवा तथा बालबालिकाहरूलाई लक्षित गरी आगामी भदौ ३० गते काठमाडौंको ठमेलमा राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गर्न लागिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार सम्मेलनको विषयवस्तु ‘लर्निङ फर फयुचर’ अर्थात् ‘भविष्यको लागि सिकाइ’ रहेको छ । सम्मेलनमा सहभागीहरुले आफूले गरेका वैज्ञानिक कार्यहरु वा तयार पारेका वैज्ञानिक अवधारणा वा योजनाहरुलाई प्रस्तुत गर्ने अध्यक्ष भट्टराईले जानकारी दिए ।

यस सम्मेलनमा भाग लिन इच्छुकले नेपाल एष्ट्रोनोमिकल सोसाइटीको वेबसाइटमा गएर भदौ ८ गतेभित्र अनलाइन आवेदन फारम भर्नुपर्ने छ । आवेदन शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । सम्मेलनमा १०० जनालाई मात्र सहभागी गराइने आयोजनकले जनाएको छ ।

प्रकाशित मिति: १८ श्रावण २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्