Deshko News
११ आश्विन २०८०, बिहिबार

जब भँगेराे रेडियाेकाे स्टेशन म्यानेजरमा नियुक्त भयाे…



white-crowned-sparrow-1024x683काठमाडाैं, मंसिर १४

रेडियाको स्टेसन म्यानेजर पदमा भँगेरो नियुक्त भएको छ। अछामको पहिलो सामुदायिक रेडियो रामारोशन एफएमले रेडियोको स्टेसन म्यानेजरमा भँगेरो नियुक्त गरेको हो। रेडियोको प्रशारण केन्द्रमा १ वर्षदेखि बसिरहेको भँगेरोलाई सोमबारबाट लागू हुने गरी मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गरिएको कार्यकारी निर्देशक वेदप्रकाश तिमल्सिनाले बताएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ।

लोपन्मुख अवस्थामा रहेकाले पन्छीको संरक्षणका लागि दबाब पुगोस् भन्ने उदेश्यले भँगेरोलाई स्टेसन म्यानेजर नियुक्त गरिएको रेडियोले जनाएको छ।

रेडियोको स्टुटियो रहेको घरमा गौंथलीले लगाएको गुँड कब्जा गरी एक्लो भँगेरो बसिरहेको छ। सोमबार बसेको रेडियो सञ्चालक समितिको बैठकले भँगेरोलार्य मानार्थ स्टेसन म्यानेजर पदमा नियुक्त गर्ने निर्णय गरेको तिमल्सेनाले जानकारी दिए।

प्रकाशित मिति: १४ मंसिर २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News