नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘कन्फ्रेन्स’ सम्पन्न


 


काठमाडौं, साउन २२ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘बिजनेश एक्सेलेन्स कन्फ्रेन्स’ सम्पन्न भएको छ । चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “पराक्रमी गति आक्रामकनीति”नाराका साथ सम्पन्न भएको हो ।

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथामार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने, शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको समुद्घाटन गर्नु भएको थियो ।

सम्मेलनमा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नु भयो । आगामी दिन थप चुनौतिपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । अग्रवालले सेल टेक्निकका साथै चाहिने ‘कम्युनिकेशन स्किल टेक्निको बारेमासमेत प्रकाश पार्नु भएको थियो ।

सम्मेलनमा बोल्दै संचालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीहरुले गत आवमा गर्नु भएको योगदानका निम्ति धन्यवाद ज्ञापन गर्नु भयो । हरेक मान्छेले आफ्नो मुल्यांकलन वृद्धिमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै संचालक शक्तिकुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न संचालक समितिले सदैव साथ दिने बताउनुभयो । आउने समय त्यति सहजन हुने हुँदा त्यसका लागि पुर्व तयारी गरि कार्यसम्पादन गर्न आग्रह गर्नुभयो । प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको काम कारवाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको बताउनु भयो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारीहरुलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद दिनुका साथै चालु आवको व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्तभई कार्य गर्न आव्हानगर्नु भएको थियो ।

उहाँले गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०÷८१मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराउनु भएको थियो । हालकार्यरत प्रादेशिक प्रमुखहरु ल्गायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

सम्मेलनको अन्त्यमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालर नेशनल सेल्स हेड उमापति पोखरेल लगायतउच्च व्यवस्थापकहरुलगायत सहभागीहरुलाई प्रमाणपत्रका साथै आर्थिक वर्ष २०७९÷८० मा उत्कृष्ट व्यवसायगर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न ३७ विधामा सम्मानतथा अवार्ड प्रदान गरिएको थियो ।

प्रकाशित मिति: २२ श्रावण २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्