डिसहोमकाे नयाँ प्याकेज : मासिक एक सय रुपैयाँमै हेर्न पाइने


 


काठमाडौं, साउन २४ । डिश मिडिया नेटवर्क लिमिटेडले आफ्नो ग्राहकहरुको लागि सुलभ मूल्यमा इन्टरनेट र इन्टरटेन्मेन्ट एकै ठाउँमा पाउन सकिने प्याकेज ल्याएको छ ।

अव डिशहोमको नयाँ तथा पुरानो ग्राहकले मासिक मात्र एक सय रुपैयाँमा डिशहोमको टिभी हेर्न पाउने छन् । डिशहोम फाईवरनेटको नयाँ जडानमा डिशहोम टिभीको कनेक्सन गरि यो अफरको लाभ उठाउन सकिनेछ ।

यस्तै यो अफरको लाभ पहिले देखि डिशहोम टिभी मात्र प्रयोग गरि रहनुभएका ग्राहकले फाईवर नेटको कनेक्सन लिएर लिन सक्नेछन् ।

कम्पनीले ल्याएको यो अफरमा उच्च गतिको इन्टरनेट संगै ६० भन्दा वढी एकचडि च्यानल सहित २०० भन्दा माथि उच्च पिक्चर क्वालिटीको टिभी सुलभ मूल्यमा ग्राहकहरुले हेर्न सक्नेछन् ।

प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्