नेपाल टेलिकमले ल्यायो १५ रुपैयाँको डे डाटा प्याक अफर


 


काठमाडाैं, मंसिर १६

नेपाल टेलिकमले डे डाटा प्याक अफर ल्याएको छ । टेलिकमले दिउँसोकोे १२ बजेदेखि ३ बजेसम्मका लागि १५ रुपैयाँमा ३ दिनलाई मान्य हुने गरी ३० एमबी र ३० रुपैयाँमा ७ दिनका लागि ७० एमबी डाटा प्याक अफर ल्याएको हो।

टेलिकमका अनुसार यो अफर बिहिबारदेखि ३ महिनासम्म रहने छ । डाटा प्याकका लागि अंग्रेजीमा स्पेशल ३० एमबी वा स्पेशल ७० एमबी टाइप गरी १४१५ मा पठाउनु पर्ने छ। उल्लेखित दरमा कर भने लाग्ने टेलिकमले जनाएको छ।

प्रकाशित मिति: १६ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्