युवा उद्यमशीलता शिखर सम्मेलनको इन्टरनेट पार्टनरमा वल्र्डलिंक


 


काठमाडौं, साउन ३१ । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनको तेस्रो संस्करणमा वल्र्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारका रुपमा सहकार्य गर्ने भएको छ ।

नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई ) ले संयुक्त रुपमा शिख सम्मेलन आयोजना गर्दैछन् ।

सम्मेलनमा सहकार्यबारे बुधवार सम्मेलन मुलआयोजक कमिटिका संयोजक बिशाल गैरे र वल्र्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

डिजिटल नेपाल निमार्णमा सहकार्य गरिरहेको वल्र्डलिंकले युवा उद्यमीहरुलाई प्रोत्साहन र उद्यमशीलताको बातावरण निमार्णका लागि सम्मेलनमा साझेदारी गरेको वल्र्डलिंकका सञ्चालकमनोज अग्रवालले बताए । उनका अनुसार वल्र्डलिंकले संस्तो, गुणस्तरीय र सर्वसुलभ इन्टरनेट प्रदान गरी देशभरकै युवाहरुलाई इन्टरनेटको पँहुचमा ल्याउनका लागि प्रयास गरिरहेको छ ।

त्यसैगरी नेपाल बिजनेस इन्स्च्यिुटका अध्यक्षसमेत रहेका सम्मेलनका संयोजक गैरेले युवाहरुलाई प्रोत्साहित गर्ने, स्टार्टअप उद्यमहरुलाई सहजिकरण गर्ने, सरकारको नीति, कार्यक्रम र बजेट युवा द्यमीमैत्री बनाउने तथा नेपालको युवा उद्यमशीलता मार्फत समृद्धी हासिल गर्नका लागि युवा उद्यमशीलताको भिजन डकुमेन्ट २०३० ९ थ्यगतज भ्लतचभउचभलभगचकजष्उ ख्ष्कष्यल द्दण्द्दघ ०को निमार्ण एवं कार्यान्वयनका लागि शिखर सम्मेलन उपलब्धीमुलक हुने बताए ।

उनले ७० जिल्लामा ५०० युवाउद्यमीहरु शिखर सम्मेलनमा सहभागीहुने जानकारी दिए ।

प्रधानमन्त्रीले समुद्घाटन गर्ने यो वर्षको सम्मेलनमा “युवानर्वप्रवर्तन ः लगानी र समृद्धी” भन्ने मुल नारा तय गरिएको छ ।

यो सम्मेलनले कोभिड १९ र पछिल्लो बित्तिय चुनौतिको समाधान पहिल्याउन तथा युवा उद्यमशीलता प्रवद्र्धनका लागि लगानीका प्राथमिकता प्राप्त क्षेत्रको पहिचान गरी स्टार्टअप उद्यममा युवाहरुको आकर्षण बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सम्मेलनलमा युवा उद्यमशीलताको विकास, प्रवद्र्धन र बिस्तारबारे उच्चस्तरको परिसंवाद, अनुभव आदान प्रदान, स्टोरी सेयरिङ्, समूहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुती, कम्पनीदर्ता र उद्यमीकर्जा डेक्समार्फत परामर्ष, उद्यमी मेला, विश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको प्रर्दशनी, लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् ।

सम्मेलनमा विभिन्न सरकारी निकाय, निजि क्षेत्र र अन्तराष्ट्रिय साझेदार निकायको सहकार्य रहने छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्