Deshko News
६ आश्विन २०८०, शनिबार

मोबाइल फोन निर्माणमा विश्वकै दोस्रो ठूलो देश भारत



काठमाडौं, भदौ १ । भारत विश्वमा सबैभन्दा धेरै मोबाइल फोन उत्पादन दोस्रो ठूलो देश बनेको छ ।

काउन्टरप्वाइन्ट रिसर्चको रिपोर्ट अनुसार सन् २०१४ देखि २०२२ को अवधिमा भारतमा २ अर्ब गोटा भन्दा धेरै मोबाइल फोन उत्पादन भएका छन् ।

तथ्यांक अनुसार उक्त अवधिमा भारतको मोबाइल फोन उत्पादनको वार्षिक मिश्रित वृद्धिदर २३ प्रतिशतले वृद्धि भएको छ ।

भारत सरकारको मेक इन इण्डिया अभियान अन्तरगत स्थानीय उत्पादकहरुलाई दिइने प्रोत्साहन लगायतका कार्याक्रमका कारण मोबाइल उत्पादन वृद्धि भएको बताइएको छ । साथै भारतको आन्तरिक बजारमा मोबाइल फोनको उच्च माग पनि छ ।

तथ्यांक अनुसार सन् २०१४ मा भारतको आन्तरिक बजारमा बिक्री हुने मोबाइल फोनमध्ये केवल १९ प्रतिशत मात्रै स्वदेशमा उत्पादन हुने गरेकोमा सन् २०२२ मा त्यस्तो संख्या ९८ प्रतिशत पुगेको छ ।

त्यस्तै मोबाइल फोन उद्योगमा स्थानीय मूल्य अभिवृद्धि सन् २०१४ को एक अंकबाट हाल १५ प्रतिशतमा पुगेको छ ।

स्मरण रहोस् विश्वमा सर्वाधिक मोबाइल फोन उत्पादन गर्ने मुलुक चीन हो । विश्वमा उत्पादन हुने मोबाइल फोनमध्ये ६७ प्रतिशत चीनमा उत्पादन हुने गर्दछन् भने भारतमा १६ प्रतिशत फोन उत्पादन हुुन्छन् ।

त्यस्तै तेस्रो स्थाानमा भियतनाम पर्छ । यहाँबाट १० प्रतिशत फोन उत्पादन हुन्छ । –एजेन्सी

प्रकाशित मिति: १ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News