अब पुरुषका लागि पनि गर्भनिरोधक सुई ! यसरी भयो सम्भव



बिबिसी, मंसिर १७

पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो ।

अमेरिकी अनुसन्धानकर्ताले २ सय ७० जना पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग गरेका थिए जसमा जम्मा ४ जनाका श्रीमतीले मात्रै अनुसन्धानका क्रममा गर्भधारण गरेका थिए । यस इन्जेक्सनलाई ९६ प्रतिशत प्रभावकारी मानिएको छ ।

विगत २० वर्षदेखि पुरुष गर्भनिरोधक साधनका बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ताले कुनै पनि साइड इफेक्टबिनै पुरुषमा शुक्राणु उत्पादन कम गर्नेबारे खोज गरिरहेका छन् ।

पुरुषमा शुक्राणु उत्पादन लगातार हुने गर्दछ भने वीर्यमा हुने झण्डै साढे १ करोड शुक्राणुलाई घटाएर १० लाख प्रतिमिलिलिटरसम्म ल्याउन हार्मोन आवश्यक हुन्छ ।

अध्ययनमा संलग्न पुरुषलाई ८ हप्तासम्म प्रोजेस्टेरोन तथा अर्को एक प्रकारको टेस्टोस्टेरोन हार्मोन दिइएको थियो भने ६ हप्तासम्म निगरानीमा राखिएको थियो । फलस्वरुप उनीहरुको वीर्यमा शुक्राणुको संख्या घटेर १० लाख प्रति मिलिलिटर पुगेको थियो ।

गर्भनिरोधक सुईको प्रयोग रोकेपछि उनीहरुमा शुक्राणुको उत्पादन पहिलेकै अवस्थामा पुगेको अनुसन्धानकर्ताले बताएका छन् । पुरुष गर्भनिरोधक सुईको उत्पादनका लागि यो अध्ययन सहयोगी भएको भन्दै अनुसन्धानकर्ताले अझै अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News