Deshko News
६ आश्विन २०८०, शनिबार

नेपाली युवाहरुले बनाए ‘एनिडन’ सफ्टवेयर, यस्ता छन् सुविधा



काठमाडौं, भदौ १५ । नेपाली युवाहरुले ‘एनिडन’ नामक सफ्टवेयर सार्वजनिक गरेका छन्।

अमेरिकामा बस्दै आएका नेपाली दीपक मल्ल र अशोक कुमार पन्तसहितको टिमले जुम, स्ल्याक र माइक्रोसफ्ट टिमको फिचर समावेश भएको सफ्टवेयर एनिडन सार्वजनिक गरेका हुन् ।

उनीहरुका अनुसार एनिडन क्लाउडमा आधारित प्लेटफर्म हो, जसले कुनै कम्पनीलाई टिम सहकार्य गराउन, टास्क व्यवस्थापन गर्न र कामलाई स्वचालित बनाउन सघाउने मल्लले बताए।

नेपालमा पनि कार्यालय संचालन गरेर काम सुरू गरिसकेको मल्लले जानकारी दिए। मानिसका कामलाई सहज बनाउनका लागि एनिडन उपयुक्त हुने कम्पनीकी मार्केटिङ मेनेजर लक्ष्मी थापाले बताइन् ।

यसमा रहेका सब्जेक्ट, को (कनेक्ट, मिट असिस्ट, को) भास, रिफाइनमेन्ट, एआई बट्स, स्क्रिन रेकर्डिङ, अटो असाइन तथा एक्स्टर्नल टिम्स जस्ता फिचरले प्रयोगकर्ताको टास्क सहज र स्वचालित बनाउने थापाको भनाइ छ।

उनका अनुसार प्रयोगकर्ताले छट्टाछुट्टै समूह बनाउन मिल्ने र त्यही प्रोजेक्टका लागि उपयुक्त कर्मचारीलाई टास्क असाइन गर्न सकिनेछ। त्यस्तै यसमा विशेषगरी फाइल सेयर गरेर, भिडिओ तथा अडियो कल गरेर वा च्याट गरेर आफ्ना कुराहरू राख्न सकिनेछ।

प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News