Deshko News
६ आश्विन २०८०, शनिबार

भारतले सूर्यको अध्ययन गर्न पठायो पहिलो मिसन (लाइभ)



काठमाडौं, भदौ १६ । छिमेकी देश भारतले चन्द्रयान–३ को चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरणपछि आज सूर्यको अध्ययनका लागि पहिलो मिसन पठाएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले आदित्य एल–१ मिसन श्रीहरिकोटाबाट बिहान ११ः५० बजे मिसन प्रक्षेपण गरेको हो ।

इसरोले एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘आदित्य एल–१ मिसन सूर्यको अध्ययन गर्ने पहिलो अन्तरिक्षमा आधारित भारतीय मिसन हुनेछ । अन्तरिक्षयानलाई सूर्य–पृथ्वी प्रणालीको लेग्रेन्ज बिन्दु १ (एल १) वरिपरि हलो कक्षमा पठाइनेछ, जुन पृथ्वीबाट करिब १.५ मिलियन किलोमिटर टाढा छ ।’

प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News