बीपी साहित्य महोत्सव सुरु


 


काठमाडौं, भदौ २४ । कांग्रेस संस्थापक नेता बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आजदेखि बीपी साहित्य महोत्सव आजदेखि सुरु भएको छ ।

ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बीपी साहित्य महोत्सव सुरू भएको हो ।

महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गरे । आयोजित साहित्य महोत्सवमा बीपीको साहित्यिक विषयमा चर्चा र छलफल हुनेछ ।

उनले दिएको योगदानलाई युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोत्सवमा विभिन्न साहित्यिक स्रष्टा, कांग्रेस नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता छ ।

साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ ।

प्रकाशित मिति: २४ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्