एप्पलले आज आइफोन १५ सिरिज सार्वजनिक गर्दै, यस्ता छन् विशेषता


 


एजेन्सी । एप्पलले आज (सेप्टेम्बर १२) आईफोन १५ सहित आफ्ना अन्य उत्पादनहरू लन्च गर्दैछ। जुन कार्यक्रम वर्षकै सबैभन्दा ठूलो हुनेछ । जुन कार्यक्रमको नाम ‘अण्डरलष्ट’ राखिएको छ ।

यस कार्यक्रमको हाइलाइट भनेको आइफोन १५ सिरिज हुनेछ । नेपाली समय अनुसार कार्यक्रमको सुरुवात आज राती पौने ११ बजेदेखि सुरु हुनेछ । यसको लाइभ स्ट्रिमिङ एप्पल टिभी प्लस र एप्पल डेभलपर एप्लिकेसनमा हेर्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार यसका दुई भेरियन्टहरूसँग आउन सक्छन्– भनिला आइफोन १५ र आइफोन १५ प्लस । यसबाहेक भेनिला मोडेलमा यूइसबी–सी चार्जिङ पोर्ट हुने बताइएको छ ।

आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स एप्पलको प्रिमियम मोडल हुन सक्छन् । यो चाँदी, कालो र नीलो रंगहरूमा आउन सक्ने बताइएको छ । यसमा द्रुत चार्जिङको विकल्प हुने बताइएको छ ।

आइफोन १५ प्रोको प्रारम्भिक मूल्य १ हजार ९९ डलर र आइफोन १५ प्रो म्याक्सको १ हजार २९९ डलर प्रारम्भिक मूल्य रहने उल्लेख छ ।

त्यस्तै कार्यक्रमा एप्पल वाचको सिरिज ९ पनि साझा गरिने बताइएको छ । यो एप्पल घडी एस ९ चिपसँग आउन सक्छ। यो नयाँ ए सिरिज चिपमा आधारित हुने बताइएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्