पनौतीमा काव्य विमर्श सहित कविता गोष्ठी



001बनेपा, मंसिर २१

नेपाल प्रज्ञा–प्रतिष्ठान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको पनौतीमा काव्यविमर्श गरियो । जनसाहित्यिक मञ्च, नेपालले व्यवस्थापन गरेको उक्त कार्यक्रममा प्रा.केशव सुवेदीले ‘समकालीन नेपाली कवितामा परिवर्तनका स्वर’ विषयक कार्यपत्र प्रस्तुत गरे । सुवेदीको कार्यपत्रमाथि प्रा.डा.जगदीशचन्द्र भण्डारी र डा.नारायण चालिसेले टिप्पणी गरे ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य एवं काव्यविभाग प्रमुख डा.अमर गिरीले समकालीन कविताका विविध विषयमा छलफल र बहस चलाउने कार्य प्रज्ञा–प्रतिष्ठानले गरिरहेको बताए । उनले भने, ‘समाजको रूपान्तरणको जागरण अभियानमा साहित्यकारहरूको महत्वपूर्ण भूमिका रहिआएको छ । तसर्थ समकालीन नेपाली कवितामा परिवर्तनका स्वरहरू उल्लेख्य रुपमा मुखरित भएका पाइन्छन् ।’

कार्यक्रममा समालोचक विष्णु प्रभात, कवि वासुदेव अधिकारी र लक्ष्मण सापकोटाले पनि विचार व्यक्त गरेका थिए । साहित्य सन्ध्याका अध्यक्ष राम विनयले विभिन्न संघसंस्थासँग सहकार्य गरेर राजधानीबाहिर पनि गतिविधि सञ्चालन गर्न संस्था लागिपरेको बताए ।

साहित्य सन्ध्याका महासचिव रमेश पोखरेल तथा जनसाहित्यिक मञ्च, नेपालका महासचिव विनोद मन्जनले संस्थाका गतिविधिका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

काव्यविमर्शपछि आयोजित कवि गोष्ठीमा वासुदेव अधिकारी, छवि श्रेष्ठ, मीरा पौड्याल, मनोज अधिकारी, समर्पणश्री, लक्ष्मण सापकोटा, ललिता अधिकारी, निर्भीकजङ्ग रायमाझी, तुयुकाजी ताम्राकार लगायतका कविहरूले कविता वाचन गरेका थिए भने रामकृष्ण श्रेष्ठ, सन्तोष ताम्राकार र मच्छेश्वर सापकोटाले गीत गाएर कार्यक्रमलाई रोचक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News