Deshko News
६ आश्विन २०८०, शनिबार

भारोत्तोलन खेलाडी सागरले तोडे आफ्नै राष्ट्रिय कीर्तिमान



काठमाडौं, भदौ ३१ । साउदी अरबको रियादमा जारी आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा नेपाली भारोत्तोलन खेलाडी सागर भण्डारीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

उनले पुरुष १०९ केजी तौल समूहमा स्न्याच, क्लिन एण्ड जर्क र कुलमा गरी तीनवटा राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघले जनाएको छ ।

सागरले स्न्याचतर्फ १२८ केजी, क्लिन एण्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार वहन गर्दै नयाँ कीर्तिमान बनाएका हुन् ।

उनले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् । यसअघि उनको नाममा स्नाचमा १२२, क्लिन एन्ड जर्कमा १६२ र कुलमा २८४ केजीको कीर्तिमान थियो ।

पुरुषतर्फ सागरसहित विशालसिंह विष्टले ९६ केजीतर्फ र विकास भट्टले ८१ केजीतर्फ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति: ३१ भाद्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News