विवेक ओझाको ‘ऐंठन’ले पायो मदन पुरस्कार, जगदम्बा श्री टेकवीर मुखियालाई


 


काठमाडौं, असोज १४ । २०७९ सालको मदन पुरस्कार विवेक ओझाको उपन्यास ‘ऐंठन’ले प्राप्त गरेको छ।

आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले ऐंठनलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।

त्यस्तै टेकवीर मुखियालाई जगदम्बा श्री पुरस्कार दिने निर्णय भएको गुठीले बताएको छ।

ओझाको उपन्यास ‘ऐंठन’ सशस्त्र द्वन्द्व र त्यसको नेपाली समाजमा परेको प्रभावलाई केन्द्रमा राखेर लेखिएको छ।

दुबै पुरस्कार कोजागत पूर्णिमाको दिनमा अर्पण गरिने गुठीले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्