Deshko News
११ आश्विन २०८०, बिहिबार

कुलचन्द्र गौतम स्मृति संस्थाको वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं, मंसिर २५

कुलचन्द्र गौतम स्मृति संस्थाको वार्षिक साधारण सभा तथा ५८ औँ कुलचन्द्र स्मृति दिवस एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।कार्यक्रममा स्वर्गिय चर्चित साहित्यकार कुलचन्द्र गौतमले दिनुभएको योग्दानका बारेमा चर्चा गरिएको थियो ।

थुप्रै पुरस्कार बाट सम्मानित भइसक्नुभएका कुलचन्द्र गौतमको योग्दान अतुलनिय रहेको र ४० भन्दा बढि उत्कृष्ट साहित्य रचना गर्नुभएका गौतमलाई जर्मन सरकारले उत्कृष्ट सम्मान गरेको बताईएको थियो ।कार्यक्रममा सहभागि हरुले उहाँको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय रहेर योग्दान दिएकी डा Þउषा ठाकुरलाई नगद एघार हजार एक सय एघार सहित सम्मान पनि गरिएको छ ।

यसैबिच संस्थाले केहिसमय अघि आयोजना गरेको निबन्ध कार्यक्रमका सहभागि हरुलाई पनि सम्मान गरेको छ । कार्यक्रममा ७ जना निबन्ध लेखक हरुलाई नै सम्मान गरियो ।

त्यसैगरि उत्कृष्ट ३ जना निबन्ध लेखक हरु दिलिपकुमार श्रीवास्तवलाई प्रथम पुरस्कार अन्तर्गत नगद १२०००, सुनिल जोसिलाई द्धतिय पुरस्कार नगद १०००० र शिव प्रसाद पराजुलीलाई तृतीय पुरस्कार नगद ७००० सहित सम्मान गरिएको छ ।
कार्यक्रममा संस्थाकी अध्यक्ष शुप्रभा घिमिरे ,माधवराज गौतम लगायतले मन्तव्य राख्दै भईरहेको वातावरण प्रदुषणमा पत्रकारले विशेष भुमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।

प्रकाशित मिति: २५ मंसिर २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News