नेको इन्सुरेन्सको विशेष साधारण सभा सम्पन्न, २५ % हकप्रद शेयर निष्कासन गर्ने


 


काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडको शुक्रबार सम्पन्न विशेष साधारणसभाले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले हाल कायम चुक्तापूँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारिगत गरेको हो।

हकप्रद सेयरको हदसम्म जारी पूँजी र चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । गत भदौ २९ गते बसेको बैठकले विशेष साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।

कम्पनीको हालको जारी तथा चुक्तापूँजी २ अर्ब १ करोड रहेको छ हकप्रद सेयर जारी पछि कम्पनीको चुक्तापूँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्