नेपाल टेलिकमको चाडपर्व लक्षित नयाँ अफर सार्वजनिक


 


काठमाडौं, असोज २३ । नेपाल टेलिकमले नेपाली चाडपर्वहरुलाई लक्षितगरि नयाँ अफर सार्वजनिक गरेको छ ।

टेलिकमले बिहिबारदेखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेजमा प्रोमोसनल अफर ल्याएको हो ।

यस अफर अन्तर्गत एनटी फाइबर सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिडलाई २५० प्रतिशतसम्म पुग्नेगरी सेवा बढाइएको छ ।

यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २५ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहेका सेवाग्राहीले सोही मूल्यमा ५० एमविपीएसको सेवा प्रयोग गर्न सक्नेछन् ।

यसैगरि ४० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नेछन् ।

हाल ८० एमविपीएस सेवा लिइरहेका सेवाग्राहीहरुलाई पुरानै दरमा १५० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको फेयर युएसजी पोलिसी लिमिटलाई समेत बढोत्तरी गरिएको छ ।

साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ । यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट *1416# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्