युवा संघ नेपालले पब्जी प्रतियोगिता आयोजना गर्ने, विजेतालाई २ लाख


 


काठमाडौं, असोज ३० । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपालले आगामी कार्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ ।

युवा संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आयोजना गर्नेबारे जानकारी दिएको हो ।
प्रतियोगिता अन्तर्राष्ट्रिय पब्जी प्रतियोगिताको नियमअनुसार खेलाइने युवा संघ नेपाल साइबर सर्कल प्रमुख अजित लामाले जानकारी दिए ।

उनले खेलका दौरान कुनै विवाद भए आयोजकको निर्णय नै अन्तिम हुने बताए ।

प्रतियोगिताको विजेतालाई २ लाख, दोस्रोलाई १ लाख, तेस्रोलाई ५० हजार पुरस्कार दिइने छ भने उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउने साइबर सर्कल प्रमुख लामाले जानकारी दिए ।

प्रकाशित मिति: ३० आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्