एनसेलले ल्यायो दशैंका लागि आकर्षक अफर, रिचार्जमा बोनस


 


काठमाडौं, कार्तिक २ । बडा दशैं २०८० को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक रिचार्जमा बोनस अफर ल्याएको छ ।

अब ब्यालेन्स रिचार्जमा डेटा बोनस पाइनेछ । जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले रु २०० वा सो भन्दा बढीको रिचार्जमा डेटा बोनस प्राप्त गर्नेछन् ।

यो योजना १ कात्तिकदेखि लागु भई १५ कात्तिकसम्म सञ्चालनमा रहने छ । रिचार्जमा बोनस योजना अन्तर्गत, ग्राहकले रिचार्ज गरेको रकमको आधारमा २००० एमबीदेखि ८००० एमबी बोनस डेटा प्राप्त गर्नेछन् ।

२०० देखि ४९९ रूपैयाँसम्म ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले ४०० एमबी अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिने १६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

त्यस्तै ५०० रूपैयाँभन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले २४०० अल टाइम डेटा र बेलुका ११ बजेदेखि बेलुका ६ बजे सम्म ९१९ घण्टा० प्रयोग गर्न सकिने ५६०० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । बोनस स्वरुप प्राप्त डेटा भोल्यूम २ दिनका लागि मान्य रहने छ ।

यो योजना अन्तर्गत एनसेल सापटी र ब्यालेन्स ट्रान्सफर मार्फत भएको ब्यालेन्स टप अप बोनसको लागि मान्य हुनेछैन । अन्य कुनै पनि फिजिकल वा डिजिटल माध्यमबाट रिचार्ज गर्ने बित्तिकै बोनस डेटा प्राप्त हुनेछ ।

प्रकाशित मिति: २ कार्तिक २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्