बुद्ध एयरले भित्र्यायो १७ औं एटीआर जहाज, एक महिनाभित्र उडान


 


काठमाडौं । बुद्ध एयरले शुक्रबार १७ औं एटीआर जहाज भित्र्याएको छ । बुद्धले नाइनएन-एओसी कलसाइन रहेको एटिआर-७२ जहाज शुक्रबार भित्र्याएको हो।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याई एक महिनाभित्र उडान सेवा दिने कम्पनीले जनाएको छ ।

योसँगै बुद्धसँग अब एटिआर–७२ जहाजको संख्या १४ पुगेको छ।

हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप नयाँ जहाज थपिएको कम्पनीले जनाएको छ।

बुद्ध एयरले आन्तरिकतर्फ अहिले दैनिक १५० भन्दा बढी उडान भरिरहेको छ।

प्रकाशित मिति: ११ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्