भारतले बनायो पुरुषका लागि गर्भनिरोधक सुई, साइड इफेक्ट शून्य


 


नयाँ दिल्ली । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) पुरुषका लागि गर्भनिरोधक सुई बनाएको छ ।

सात वर्षसम्मको अनुसन्धानपछि आईसीएमआर सो सुई बनाउन सफल भएको हो । सुईको क्लिनिकल परीक्षण पूरा भएपछि आईसीएमआरको यो प्रयोगको चर्चा भइरहेको छ ।

नाम रिभर्सिबल इनहिबिशन अफ स्पर्म अन्डर गाइडेन्स नाम राखिएको यो सुईले प्रयोगको अनुमति पाएको छ । यो सुईको कुनै साइड इफेक्ट नभएको दाबी गरिएको छ ।

समाचारअनुसार क्लिनिकल परीक्षणमा २५ वर्षदेखि ४० वर्षबीचका ३०३ जना स्वस्थ अनि सेक्सुअली एक्टिभ विवाहित पुरुष र तिनका पत्नीलाई समावेश गरिएको थियो ।

सुई गर्भधारण रोक्न ९९ दशमलव शून्य २ प्रतिशत प्रभावकारी भेटियो । एजुस्पर्मिया अर्थात् स्पर्म निष्कासनमा अवरोध गर्ने मामिलामा भने यो ९७ दशमलव ३ प्रतिशत प्रभावकारी पाइयो ।

यो गर्भनिरोधको सबैभन्दा प्रभावकारी विकल्प भएको अनि यसको साइड इफेक्ट पनि नरहेको आईसीएमआरले बताएको छ । एक पटक यो सुई लगाउँदा १३ वर्षसम्म गर्भधारणा रोक्न मद्दत मिल्ने बताइएको छ ।

प्रकाशित मिति: १२ कार्तिक २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्