भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म एसएमएस र फोन सेवा निःशुल्क


 


काठमाडौं, कार्तिक १८ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्मका लागि फोन र एसएमएस सेवा निःशुल्क गरेको छ ।

टेलिकमले आज विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्र रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटमा पाँच दिनसम्म (भ्वाईस कल) फोन र एसएमएस सेवा निःशुल्क गरिएको जानकारी दिएको हो ।

टेलिकमले यस अवधिसम्मका लागि निःशुल्क भ्वाईस कल र एसएमएस सेवासहितको सिम पनि वितरण गर्ने जानकारी द्एिको छ । भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले यस्तो घोषणा गरेको जनाएको छ ।

उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयहरुबाट उपलब्ध हुने बताएको छ । यी क्षेत्रका कार्यालयहरु हाल सञ्चालनमा रहेको समेत टेलिकमले जनाएको छ ।

यसैगरि, उक्त क्षेत्रमा आवश्यकता अनुसार निःशुल्क नमस्ते आईफाई सेवा पनि उपलब्ध गराइने टेलिकमका प्रवक्ता शोभन अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

टेलिकमले आवश्ययक जानकारीका लागि कम्पनीका कर्मचारीहरुको नाम र नम्बर पनि सार्वजनिक गरेको छ । जसअनुसार प्रकाशचन्द्र सिग्देल (९८५८१०२१७४), जनक डाँगी (९८५१११०९९५५० ओमप्रकाश ढकाल (९८५१३४७८७) लाई टेलिकमबारे सम्पर्क गरेर जानकारी लिन सकिने छ ।

प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्